sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

निर्वाचन गराउन युक्रेन तयार, चुनाव टार्नका लागि युद्ध लम्ब्याउने रणनीतिमा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

२५ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू युक्रेनमा निर्वाचन गराउन तयार रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की चुनाव टार्नका लागि युद्ध लम्ब्याउने रणनीतिमा रहेको आरोप लगाएपछि उनले यस्तो बताएका हुन । सन २०१९ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएका जेलेन्स्कीको कार्यकाल सन २०२४ मा नै सकिएको थियो । रुसले सन २०२२ देखि आक्रमण गरेपछि सैनिक शासन लागू गरिएको युक्रेनमा चुनाव हुन सकेको छैन । 

जेलेन्स्कीले अमेरिका लगायत युक्रेनका सहयोगीहरुले मतदान सुरक्षाको ग्यारेन्टी गरे आफू ६० देखि ९० दिन भित्रमा निर्वाचन गराउन तयार रहेको जनाएका छन । युक्रेनको निर्वाचन सोही देशका नागरिकको सरोकरको विषय रहेको समेत उनको भनाई छ । लामो समयदेखि रुससँग युद्धको सामना गरिरहेको युक्रेनले आफ्नो धेरै भूमी गुमाइसकेको छ । अमेरिकाले रुस र युक्रेनबीच शान्ति वार्ताको प्रयास गरेपनि त्यो सफल हुन सकिरहेको छैन ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्