श्रीलङ्कामा बाढीमा परेर ५६ जनाको मृत्यु
काठमाडौं । भारी वर्षाका कारण आएको बाढी र पहिरोले यस हप्ता श्रीलङ्कामा वितण्डा मच्चाएको छ । यसमा परेर कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यो हालैका वर्षमा देशको सबैभन्दा गम्भीर मौसम सम्बन्धी प्रकोपहरू मध्ये एक हो ।
विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०का अनुसार, श्रीलङ्काको बदुल्लामा जिल्ला राति पहिरोमा २१ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएको देखाइएको छ ।
प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएको छ । यतिबेला दिटवाहा समुद्री आँधी देशको पूर्वी तटमा पुगेको छ । यसको प्रभावले शुक्रबार मौसम थप खराब हुने आशंकामा श्रीलङ्काले पूर्वतयारी गरिरहेको छ । दिटवाहा सुरुमा पूर्वी तट नजिकै गहिरो डिप्रेसनको रूपमा सुरु भएको थियो । पछि द्रुत गतिमा समुद्री आँधीमा परिणत भयो ।

.gif)