sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आजबाट १ सय दरका नयाँ नोट चलनचल्तीमा

११ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपालमा आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ ।राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।

तत्कालीन समयमा संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्