वीरगञ्ज नाकाबाट ३३ अर्ब भन्दा बढीका उत्पादन निर्यात
काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
वीरगञ्ज भन्सारका अनुसार यस अवधिमा १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

.gif)