sevenstartv.com २२ मंसिर २०८२, सोमवार

राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

१० मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचिने भएको हो । 

उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ । 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क, खु र ग' वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्