शेख हसिनाको अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले नोभेम्बर ३० सम्म देशभरि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्यु दण्डको सजाय सुनाएपछि अवामी लिगले यसलाई 'राजनीतिक सडयन्त्र' को संज्ञा दिँदै विरोध प्रदर्शनको कार्यक्रम अघि सारेको हो ।
अवामी लिगले आफ्नो आधिकारिक ‘एक्स’ मा जारी गरेको वक्तव्यमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसद्वारा हसिना र उनको पार्टीलाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट बाहिर राख्न नियोजित रूपमा ट्राइब्युनलको फैसला गराइएको आरोप लगाएको छ ।
पार्टीले ट्राइब्युनललाई ‘अवैध’ बयान गर्दै उक्त फैसला अस्वीकार गरेको तथा प्रधानमन्त्री युनुसले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। साथै युनुस र उनका सहयोगीहरूलाई ‘मुक्ति–विरोधी’ तथा ‘राष्ट्रविरोधी’ गतिविधिमा संलग्न भएको आरोपसमेत लगाइएको छ । अवामी लिगले देशमा देखावटी चुनाव हुन नदिने चेतावनी दिँदै यसको कुनै पनि मूल्यमा प्रतिरोध गरिने बताएको छ ।

.gif)