sevenstartv.com २० मंसिर २०८२, शनिवार

आगामी २४ घण्टाको मौसम कस्तो हुनेछ ?

९ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । देशका केही स्थानमा आज मौसम बदली रहे पनि अधिकांश भूभागमा सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्