sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आजको मौसम, यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

८ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आज देशका केही स्थानमा हिमपात र वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्