sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आजको मौसम, कोशी र गण्डकीमा आंशिक बदली

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) देशभरको मौसम सफा रहने जनाएको छ । तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार, देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण देशभरको मौसम सामान्यतया स्थिर रहने देखिएको छ ।

चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्