sevenstartv.com २ पुष २०८२, बुधवार

शेख हसिनाविरुद्ध मृत्युदण्डको सजाय माग, सुनुवाइ आज हुने

१ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको ‘मानवता विरुद्धको अपराध’ मुद्दामा त्यहाँको अदालतले आज फैसला गर्ने भएको छ । न्यायाधिकरणको रजिस्ट्री कार्यालयले स्थानीय समय आज बिहान ११ बजे फैसला सुनाउने बीबीसी बंगला सेवाले जनाएको छ । 

अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ । यसैबीच सर्वोच्च अदालतले फैसला गर्नुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न, सेना तैनाथ गर्न र सेना परिचालन गर्न सेनालाई पत्र लेखेको छ ।

शेख हसिना र अन्य तीन अभियुक्तविरुद्धको मुद्दाको फैसला बंगलादेश टेलिभिजन (बीटीभी) ले प्रत्यक्ष प्रसारण गर्नेछ । बंगलादेशमा सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिनाको १५ वर्षे लामो शासन अन्त्य भएको थियो । 

भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन् । अहिले उनी भारतमा लुकेर बसेकी छन् । संयुक्त राष्ट्रसंघका अनुसार हसिनाले विद्यार्थी आन्दोलन दबाउने क्रममा १ हजार ४०० मानिस मारिएका थिए । उनीविरुद्धको मुद्दाको केन्द्र विषय यही हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्