झापा महिला गोल्डकप : उपाधिका लागि एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ ।
झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसो १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । सेमिफाइलनमा त्रिभुवन आर्मीलाई हराएर एपीएफ फाइनलमा पुगेको हो भने पुलिसले संकटालाई पराजित गरेको थियो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

.gif)