sevenstartv.com २१ मंसिर २०८२, आइतवार

झापा महिला गोल्डकपको सेमिफाइनलमा एपीएफ क्लब

१९ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब झापाको दूधे रंगशालामा जारी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलअन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

एकतर्फी भएको खेलमा रस्मी कुमारी घिसिङले ह्याट्रिक गरिन्। उनले खेलको ४१, ४६ र ८४ औं मिनटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । अनिता बस्नेतले २ तथा सविता राना मगर र अनिता केसीले १–१ गोलको योगदन दिए । खेल अवधिभर सिक्किमका खेलाडीले आक्रमणको कुनै अवसर बनाउन सकेनन्। म्यान अफ द म्याच बनेकी एपीएफकी रस्मी कुमारी घिसिङले नगद १५ हजार रूपैयाँ हात पारिन् ।

प्रतियोगिताअन्तर्गत आज संकटा फुटबल क्लब र आयोजक झापा एफसी प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ८ टिम सहभागी छन्। फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्