sevenstartv.com २१ मंसिर २०८२, आइतवार

‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

१८ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं ।  मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी) ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् । रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन्। अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।  

‘कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ ।  मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ। यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो। त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ । 

अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन्। पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन् । आफ्ना दाजुभाइप्रति प्रेम र  समर्पण दर्शाउँदै उनीहरूको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको छ । 

कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौं बरख जियौ यौ भैया सामा लेलक अवतार’ हे दाजुभाइ हो, कात्तिक महिनामा सामा खेलकी प्रमुख स्त्री पात्र ल फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छौ, सामा बहिनीको भावले फेरि अवतार लिई सकेकी छन्।दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन्। यस्ता  गीत सुन्दा दिदीबहिनी नहुनेहरु मेराचाहिँ किन भएनन् रु भन्ने भाव र खुल्दुली लगाउने गरेको पाइन्छ।

चलु बहिना सामा खेल भैयाके आँगन हे... गजग जियथिन भैया अपन हे...।’ (हिँड दिदीबहिनी हो सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्- सामा खेल्न दाजुको आँगनमा जाउँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्। पर्वमा मिथिलानीले सामाचकेवा, सतभैया सप्तर्षि०, चुगला कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चुडक’ नाउँको एक पात्र र वृन्दावनसहित माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन्।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्