इङ्गिलस प्रिमियर लिगमा एस्टन भिल्लाको जित, म्यानचेस्टर सिटी पराजित
काठमाडाैं । एस्टन भिल्लाले इङ्गिलस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराएको छ ।
भिल्ला पार्कमा गएराति भएको खेलमा एस्टनका डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो जितसँगै एस्टन भिल्लाले लगातार चौथो जित हात पारेको छ । सिटीका एर्लिङ हालान्डले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् ।
भिल्लासँगको हारपछि सिटीको नौ खेलको अपराजित यात्रा टुंगिएको छ । यो जितपछि एस्टन भिल्ला तालिकाको सातौँ स्थानमा पुगेको छ । सिटी चौथो स्थानमा छ ।

.gif)