इङ्लिस फुटबल टोलीका पूर्व प्रशिक्षक गोरानको निधन
काठमाडौं । इङ्लिस फुटबल टोलीका पूर्व प्रशिक्षक स्वेन गोरान एरिक्सनको निधन भएको छ । गोरानको ७६ वर्षको उमेरमा सोमबार बोर्कफोर्सस्थित आफ्नै घरमा निधन भएको हो । । उनी लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए ।
इङ्लिस टोलीका पहिलो गैर ब्रिटिश प्रबन्धक एरिक्सनले सन् २००१ देखि २००६ सम्म जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा इङ्ल्यान्डले सन् २००४ र २००८ को युरोपियन च्याम्पियनसिप र फिफा विश्वकप २००६ को क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।
उनले मेक्सिको, आइभोरी कोस्ट र फिलिपिन्स राष्ट्रिय टोलीको पनि प्रशिक्षकका रूपमा काम गरेका थिए। एरिक्सनले बेन्फिका, लिभरपुल, म्यानचेस्टर सिटी, लाजियो, रोमा, लेस्टर सिटी जस्ता क्लबको पनि जिम्मेवारी सम्हालेका थिए ।

.gif)