युक्रेन सीमाबाट दुई नेपालीको उद्धार
काठमाडौं । युक्रेनको सीमामा हिरासतमा परेका दुई नेपाली नागरिक उद्दार गरिएको छ । रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सक्रिय पहलमा उद्धार गरी आज अपरान्ह स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धार कार्यमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास बर्लिन तथा युक्रेनको State Border Guard Service को सहकार्य उल्लेखनीय रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय सबै नेपाली नागरिकहरूलाई वैदेशिक यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन, आव्रजन तथा अन्य प्रचलित कानुनहरूको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ । यस्ता कानुनी उल्लङ्घन वा बेवास्ता गर्दा गिरफ्तारी, हिरासत, कानुनी कारबाही तथा जीवन जोखिममा पर्ने सम्भावना रहने भएकाले सावधानी अत्यावश्यक रहेको जनाएको छ ।

.gif)