झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियाे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । गत भदौ २४ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थिए ।
जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो । पछि थप इन्फेक्सन भएपछि उनको हात काट्नुपरेको बताइएको छ ।

.gif)