sevenstartv.com ५ पुष २०८२, शनिवार

साफ यू-२० च्याम्पियनसिप : भारत र बंगलादेश भिड्दै

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। आजको विजेताले उपाधिका लागि बुधबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो सेमिफाइनल खेलमा भुटानविरुद्ध टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ। निर्धारित ९० मिनेटको समयमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। 

टाइब्रेकरमा गोलकिपर जियारथ शेखको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्