sevenstartv.com १ पुष २०८२, मङ्गलवार

बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालन हुने

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बीपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दशैँ, तिहारलगायत चाडपर्वलाई लक्ष्य गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाई स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ । कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको थियो ।

पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो । 

क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्