सञ्चालन हुन थाले नयाँ बसपार्कबाट सवारीसाधन
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन् ।
यही भदौ २३ र २४ गते जेन(जी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।
आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको छ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो ।
हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् ।

.gif)