गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ
काठमाडौं । रौतहट कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनस् कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।
भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विनोद खडकाले बताए । यसैगरी कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा पक्राउ गरी रौतहट प्रशासनको जिम्मा लगाएको बताइएको छ ।
भागेकामध्ये २ जना महिला र बाँकी पुरुष कैदी रहेका छन । सबै सुरक्षाका अंगहरुलाई परिचालन गरेर भागेकाहरुको खोजतलासको क्रम तीव्र बनाइएको छ ।

.gif)