sevenstartv.com २२ मंसिर २०८२, सोमवार

यी तीन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना

११ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार आज कोसी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ तर, केही स्थानमा मात्रै भारी वर्षा हुन्छ, धेरै स्थानमा होइन । 

विभागले राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको विभागले बताएको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्