sevenstartv.com ५ पुष २०८२, शनिवार

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं। साफ यू-२० च्याम्पियनसिपमा  नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेकाे छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो।

नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए। उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २-० गोलले अगाडि बढेको थियो।

बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन। नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्