चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
काठमाडौँ । चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ ।
शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणको लागि प्रयोग गरिनेछ ।
यो लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५८३ औं उडान मिसन हो ।
