पर्वतमा जीप दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
काठमाडौं । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । फलेवास-८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो ।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप सडकबाट करिब एक सय ५० मिटर तल खस्दा दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
फलेवास-७ का ३४ वर्षीय विक्रम सुनार र वडा नम्बर ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

.gif)