sevenstartv.com ५ पुष २०८२, शनिवार

पूर्वमन्त्री शास्त्रीलाई सानेपामा श्रद्धाञ्जली

४ असार २०८२, बुधवार स्टार संवाददाता

 काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा सोमबार बिहान निधन भएको थियो । पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

पार्टीका पदाधिकारी, नेता-कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्