sevenstartv.com २४ मंसिर २०८२, बुधवार

परीक्षा सकिएको चार दिनमै नतिजा

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सम्पन्न मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशन गरिएको हो । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन शुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो । 

शनिबार राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो। परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्