sevenstartv.com २४ मंसिर २०८२, बुधवार

मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

१३ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

एकजना गम्भीर घाइते भएका छन् । म‌ंगलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा परी मध्यविन्दु-७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका(५ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। दुवैलाई चिकित्सकले मृत घोषित गरे । गम्भीर घाइते मनिषलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । 

टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्