चितवनमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते
काठमाडौं । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।
भरतपुर-२९ मा आज बिहान नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक-आपसमा ठक्कर खाँदा २ वटै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनामा ट्रक चालकसहित ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ का २५ वर्षीय जयकान्त राय यादव सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव, अनिल कुमार यादव रहेका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

.gif)