साउदी सुपर कपको उपाधि अल हिलाललाई
काठमाडौं । साउदी सुपर कपको उपाधि अल हिलालले हात पारेको छ ।
गएराति भएको खेलमा अल हिलालले अल नासरलाई ४-१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा एक गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा चार गोल गर्यो ।
त्यसअघि पहिलो हाफको ४४ औँ मिनेटमा अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए ।
तर, अल नासरले यो अग्रतालाई जोगाउन नसक्दा उपाधि रक्षा गर्न नसकेको हो ।

.gif)