sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

ललितपुरमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन् । उनीहरूमध्ये एकको अवस्था गम्भीर छ । 

ललितपुर प्रहरीका अनुसार गएराति सवा ११:१० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो । गम्भीर घाइते गोदावरी नगरपालिका(३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका-३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ । कार चालक रूपक सापकोटाको अवस्था भने सामान्य छ ।

ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । प्रहरीका अनुसार चालक सापकोटाले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो । दुर्घटनापछि उनले नै प्रहरीलाई खबर गरेको जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्