sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

जिल्लाको पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता-२ लार्फा गाउँ नजिक राति ११ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको हो । 

थप विवरण आउन बाँकि छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्