sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

१४ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा चालक कञ्चनरुप नगरपालिका-१२ रुपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको हो । 

गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका-१० बदगामास्थित प्र.२-०२-०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा जिल्लाको रुपनी गाउँपालिका–४ का ३४ वर्षीय सन्तोष इसर गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्