sevenstartv.com ७ पुष २०८२, सोमवार

ललितपुरको बुढीदेवी सामुदायिक वनमा आगलागी

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ  ।

स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको जनाइएको  छ । आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।

वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् । प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्