sevenstartv.com ७ पुष २०८२, सोमवार

सरकारको व्यवहारले संवैधानिक आयोगहरु अनावश्यक रहेको देखाउँछः डा रामकृष्ण तिमिल्सिना

संवैधानिक आयोगहरु समेत राजनीतिक नेतृत्वको आफन्त भर्ती केन्द्र भए– काशीराज दाहाल

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपालको संविधान २०७२ ले तेह्र वटा संवैधानिक आयोगहरु रहने व्यवस्था गरेको छ । ति मध्ये सात वटा आयोगहरुको दश वर्ष अवधि पूरा भएपछि संघीय संसदले पुनरावलोकन गर्नसक्ने व्यवस्था संविधानमा छ । संविधानको भाग २७ मा राष्ट्रिय महिला आयोग, दलित आयोग, आदिवासी जनजाति, राष्ट्रिय समावेशी, मधेसी, थारु र मुस्लिम आयोगको व्यवस्था गरी तिनका काम कर्तव्य र अधिकार क्षेत्र समेत उल्लेख गरिएको छ । संविधान जारी भएको दश वर्ष पुग्नै लाग्दा संसदले समेत आयोगहरुको पुनरावलोकन शुरु गरेको छ । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आयोगहरुको पुनरावलोकनको औपचारिक प्रक्रिया शुरु गरेको छ ।

सोमवार (हिजो) बैठकमा विज्ञहरु बोलाएर आयोगबारे छलफल गरेको छ । बैठकमा बोल्दै विज्ञहरुले संवैधानिक आयोगहरुले आफ्नो औचित्य पुष्टि गर्न नसकेको धारणा राखेका छन् । उनीहरुले राज्यको उपेक्षामा परेका समुदायलाई राज्यको मुल प्रवाहमा सहभागिता बढाउनका लागि स्थापना गरिएका आयोगहरु पछिल्लो समय सरकारलाई नै अनावश्यक लाग्न थालेको धारणा राखेका हुन् । राष्ट्रिय समावेशी आयोगका पूर्वअध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले  सरकारले संवैधानिक आयोगहरुलाई हेर्न दृष्टिकोण नै नकारात्मक रहेको बताउनु भयो । सरकारलाई नै संवैधानिक आयोगहरु अनावश्यक लाग्न थालेको उहाँको भनाइ छ । आयोगहरुको पुनरावलोकन राष्ट्रिय आवश्यकता र आयोगहरुको औचित्यका हिसावले गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा समावेशीतालाई थप बलियो बनाउन आयोगहरुको स्थापना गरिएको भएपनि आयोगहरुले गरिरहेको कामको मूल्याङ्कन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संवैधानिक आयोगहरुले करिव ६ वर्ष काम गरिसके । तर आयोगहरुको पुनरावलोकन कसरी गर्ने ? के गर्ने ? भन्नेकुरा संवैधानिक दृष्टिकोणबाट हेर्ने कुरा छ । एउटा राष्ट्रिय आवश्यकताको दृष्टिकोणले हेर्ने दृष्टिकोण छ । अर्को आयोगहरुको औचित्यताको हिसावले हेर्नुपर्ने स्थिति समेत छ । यि सबै स्थितिहरुबाट हेर्दा समावेशी आयोगको तीन वर्षको अनुभवको आधारमा हेर्दा हाम्रो आजको आवश्यकता समावेशीता हो । त्यसमा विवाद छैन । र यी सबै आयोगहरु समावेशीताको दृष्टिकोणबाट आएका हुन् । अबको नेपालका भावि गन्तव्य समावेशी हुनुपर्छ ।

त्यसमा पनि विवाद छैन । तर आज हामीले जसरी काम गरिरहेका छौं र आयोगहरुले जसरि काम गरिरहेका छन् । यसको मूल्याङ्कन गर्न जरुरी छ । आयोगको संरचनात्मक रुपमा अहिले जुन किसिमको छ र सरकारको हेर्ने दृष्टिकोण हेर्दाखेरि आयोगहरु कतै अनावश्यक त भएका छैनन् भन्ने अवस्था मैले देखिरहेको छु । उहाँले आयोगका पदाधिकारी नियुक्ति गर्दा अध्यक्ष बाहेकका पदाधिकारीको योग्यता नतोक्दा समेत आयोगको गरिमा कमजोर भएको बताउनु भयो । बैठकमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसदकै कमजोरीको कारण आयोगहरुले प्रभावकारी काम गर्न नसकेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त रहेको बताउनु भयो । बिडारीले राजनीतिक दलबाट आयोगमा गइसकेपछि पदाधिकारी निष्पक्ष हुन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदले संवैधानिक आयोगहरुको अनुगमन गर्नसक्ने अधिकार दिएको भएपनि संसदले त्यस्तो गर्न नसकेको जिकिर गर्नुभयो । जनताको प्रतिनिधिलाई संसदले विज्ञ उपलब्ध नगराउँदा आयोगहरुसँग सांसदहरु डराउँदै हिँड्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

वरिष्ठ अधिवक्ता बिडारीले भन्नुभयो, ‘आयोगमा दलबाहिर वा दलबाट अध्यक्ष नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । तर दलबाट गएपनि आयोगमा गइसकेपछि त्यो मान्छे निष्पक्ष हुनुप¥यो । निष्पक्ष सक्रियताको अभ्यास गर्न सक्नुपर्यो । दल छाडेर पदमा बस्न सक्नुप¥यो । पद छाडेर मात्रै दलमा जानुप¥यो । मुलभुत सिद्धान्त यो हो । दल वा पदमध्ये एक छेड्ने । यो काम हाम्रो दलले गर्न सकेन । हाम्रो राजनीतिक दलले आफूले भनेको टेर्ने मान्छेलाई खोज्ने रहेछन् । यसकारण समस्या भएको हो । सांसदहरुले काम गरेन भनेर मैले केही दिनअघि पत्रिकामा पनि लेखेको थिएँ । एउटा सांसदको लागि विज्ञ उपलब्ध गराउनुप¥यो संसदले । यस्तो नभएको हुनाले सांसदले काम गर्न सकेनन् । सांसदहरुलाई दिने सुविधा हामीले दिन सकेनौं । दिएको सुविधा पनि हामीले सदुपयोग गर्नसक्यौं कि सकेनौं ? अन्य आयोगसँग रिलेटेड धाराहरु छन् संविधानमा । संसदले सबै आयोगहरुको अनुगमन गर्नसक्छ भन्ने व्यवस्था संविधानमै छ । हामी अख्तियारसँग डराएको ? हामीसँग विज्ञ हुनुप¥यो र हामीले संविधानको धारा ५४ प्रयोग गर्नुप¥यो ।

कानूनविद् काशीराज दाहालले संवैधानिक आयोगमार्फत राज्य निकायमा ल्याउन खोजिएको वर्ग आउन नसकेको बताउनु भयो । संवैधानिक आयोगहरु समेत राजनीतिक नेतृत्वको आफन्त भर्ती  केन्द्र भएको बताउनु भयो । उहाँले आयोगहरुको वर्गिकरण गरेर पुनः परिभाषित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकमा समावेशीकरणको अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै नपुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्य व्यवस्थामा आयोगमार्फत जसलाई ल्याउन खोजिरहेका छौं । उ आइरहेको छैन कि । जो सकारको महत्वपूर्ण पदमा छन् तिनिहरुकै आफन्तहरु पो आइरहेका छन् कि । जसलाई राज्यको मूलप्रवाहमा ल्याउन खोजिएको हो त्यो समूदाय आउन सक्यो कि सकेन भनेर हामीले सोच्नुपर्ने हुन्छ । त्यसलाई वर्गिकरण गरेर पुनःपरिभाषित गर्नुपर्छ । भारतमा यसलाई विभिन्न माध्यमबाट पुनरावलोकन गरिरहेको पृष्ठभूमि छ । अपm्ठ्यारो के छ भने माननीयज्युहरु त्यहाँ पनि १० वर्ष मै पुनरावलोकन गर्ने भनेर राखेको हो । तर त्यहाँ २०७५ वर्ष बितिसक्दासमेत त्यसलाई पूर्णता दिन सकेको अवस्था छैन । यो भारतको अनुभव हो । हाम्रो समावेशी बनाउनका लागि जुन प्रकारको आयोगहरुको अवधारणा राखियो यो नै ठिक ढंगको भएन कि भन्ने मेरो बुझाई छ ।

बैठकमा समितिले आयोगहरुको औचित्य र आवश्यकताका सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै सुझाव लिएको हो । संवैधानिक व्यवस्थाअनुसार आयोगहरुको पुनरावलोकनमा संसदीय समिति जुटेको बताइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्