sevenstartv.com २७ मंसिर २०८२, शनिवार

मोटरसाइकल दुर्घटनामा परि कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

२५ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्