स्कार्पियो र ट्रक ठोकिँदा ५ जना घाइते
काठमाडौं । रौतहटको चन्द्रपुरमा स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा ५ जना घाइते भएका छन् । आज बिहान ८ः२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१-००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठक्कर लागेको थियो ।
ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादव,दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुर,स्कार्पियो चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतो, बौधीमाई २ का वर्ष १८ का प्रदीप कुश्वाहा र बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहा घाइते भएका हुन् ।
घाइतेहरूलाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ । दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

.gif)