समता घरेलु लघुवित्तको ३ लाख ५० हजार कित्ता सेयर निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । समता घरेलु लघुवित्तले आज सोमबारदेखि एफपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कस्तो छ रेटिङ रुक्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

.gif)