sevenstartv.com १६ असार २०८३, मङ्गलवार

साफ च्याम्पियासिप : नेपाल समूह विजेता सेमिफाइनलमा, अब भारतसँग खेल्ने

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । 

श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बनेको हो । समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएपनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ।