sevenstartv.com १ पुष २०८२, मङ्गलवार
मनोरञ्जन

‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’

१९ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र ट्रोलमा बढी चोबिने नायिका हुन यिनी । भनिन्छ कहिलेकाही आफैले बोलेको बोली पनि भारी पर्छ ।

 

हो , यि नायिकालाई पनि कहिलेकाही आफैले बोलेका शब्दले यति गिज्याईदिन्छ कि यो बिषयमा जानकारहरुलाई त थाहा नै छ । बढ्दो सामाजिक सन्जालको प्रयोग अनि पब्लिक रुपमा अत्याधिक रुपमा क्लिक भएकी यि नायिकाका फ्यानहरु पनि कहिले काही यिनका बोलीका ट्रोलले हैरान नै बन्ने गर्दछन् ।

 

कहिले काही जिब्रो चिप्लनु त सामान्य कुरा नै हो तर के गर्ने ? सन्जाल किराहरुले छाड्दैनन् । खयर यि कुरा त छदैछन् । यहाँ आज निकाल्न लागेको प्रसंग भने अलि बेग्लै छ ।

नेपाली चलचित्र र नेपाली लोक संगितको कम्बिनेसन आजभोली अलि मिल्न थालेको देख्न सकिन्छ । उसो त नेपाली लोक दोहोरीका गायक गायिकाले चलचित्रका गितमा स्वर दिनु । अनि नेपाली चलचित्रमा अभिनय गर्दै आएका नायक नायिकाले लोकदोहोरीमा कम्मर मर्काउनुले पनि यि दुई बिधालाई अझ नजिक बनाईदीएको छ ।

यि लोकदोहोरी र नायिका प्रियंका कार्कीको हिस्सा पनि सुन्न लायक छ । केही समय अगाडी ‘सालको पातको टपरी हुने ,नहुने सल्लैको’ बोलको गितका लागी प्रियंका कार्कीले अभिनय गर्न नमाने पछि अर्की नायिका मरिस्का पोख्रेललाई लिएको चर्चा चलेको थियो । लोकदोहोरीको युटुब ईतिहासमा सर्वाधिक हेरिएको यो गितमा नायिका प्रियंका नखेलेको भन्ने खबर संगै लोक दोहोरीका राम्रा सर्जक पनि प्रियंकाको छेउ जाने आट निकाल्न छाडे । अन्तत : केही दिन अगाडी नायिका प्रियंका कार्कीले अभिनय गरेको लोकदोहोरी गित ‘माछी’को म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा भने चुरो कुरो फुर्यो ।

सार्वजानिक कार्यक्रममै पत्रकारले उक्त बिषयमा प्रश्न गरेपछि नायिका कार्कीले आफुलाई त्यस्तो किसिमको अफर आएको याद नभएको भन्दै चोखिन खोजीन् । बास्तविकता भने सम्बन्धित पक्षलाई नै थाहा होला । उनले थपिन “म संग त्यस्तो प्रस्ताबनै आईपुगे जस्तो मलाई लाग्दैन । बिचमा कसैसँग कुरा भएको भए मलाई थाहा भएन । हेर्नुस म त नाच्ने मान्छे , नाच्नका लागी कुनै पनि बिधा हेर्दिन , किन रिजेक्ट गर्थे र ?”

गित रिलिज भई सुपरहीट भएको पनि ५ बर्ष पछी लोकदोहोरी क्षेत्रमा नायिका प्रियंका कार्की हाउगुजी भने हटेको छ । तर सर्जक र कलाकारका बिचमा खेल्ने पात्रको बास्तबिकता भने उदांगिएको छ । यदी बजारमा चल्ने गरेको हल्लाई आधार मान्ने हो भने बिचका पात्रका कारण पनि चलचित्र क्षेत्रका कलाकारले लोकदोहोरीलाई हेर्ने नजर माथी उठ्न सकेको थिएन ।


पछिल्ला दिनका सहकार्यले भने लोक दोहोरी क्षेत्रलाई हेर्ने दृष्टीकोण फेरीको महशुष गरेको लोकदोहोरी प्रेमीहरु बताउँछन् ।

यस्तो छ नायिका प्रियंका कार्कीले अभिनय गरेको ‘माछी’ बोलको लोक गित 

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्