काभा वुमन्स नेसन्स भलिबल : नेपाल र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ । मंगलबार भएको खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
मंगलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ ।
लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो । नेपालले लिग चरणमा भारतलाई ३(२ को सेटमा पराजित गरेको थियो ।

.gif)