sevenstartv.com ४ असोज २०८३, आइतवार

साताव्यापी औपचारिक चीन भ्रमणमा प्रधान सेनापति सिग्देल

२८ भदौ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल साताव्यापी औपचारिक चीन भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३, १९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी जनाउने कार्यक्रम अनुसार आज चीन भ्रमणमा निस्किएका हुन् ।

नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरे ।  प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्