जाजरकोटमा पहिरोले पुरेर वडा सदस्यको दम्पती बेपत्ता
काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं ६ धुमामा पहिरो खस्दा दुई जना पुरिएका छन् ।
बारेकोट गाउँपालिका वडा नं ६ की वडा सदस्य प्रेमकुमारी र उनकी श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन ।
गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए ।
पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।








