sevenstartv.com ११ साउन २०८३, सोमवार

प्रचण्डको चासो प्रदेश सरकार तिर

एमालेसँग सहकार्यको वातावरण मिलाउन प्रदेश नेताहरूलाई निर्देशन

५ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांगे्रस र नेकपा एमालेबिच प्रदेश सरकारमा चिसिएको सत्ता समिकरण विभिन्न प्रदेशमा पुर्नगठन हुने तयारीमा छ । सत्तन साझेदारी कांग्रेस एमाले बिच सहकार्य नहुने भए पछि नेकपा एमालेले नेकपासँग सत्ता समिकरण गर्ने संकेत देखाएकबो छ ।

सोहि अनुरुप नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् । श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन् ।

कांग्रेस सभापति गगन थापासंग पनि उनको यस अघि नै छलफल भई सकेको छ । प्रचण्डले प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर अवस्थाबारे जानकारी लिँदै एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्थाको सृजना भएको बताएका छन् ।

दाहाल अहिले प्रदेश सरकार गठनका लागि गृहकार्यमा जुटेको नेकपा स्रोतको भनाई छ । नेकपा र एमालेले कांग्रेससहित ३ दलको गठबन्धन बनाउन प्रस्ताव गरे पनि कांग्रेसले प्रतिपक्षविहीन प्रदेशको कल्पना नगर्ने भन्दै आफ्नो दल सत्ताबाहिरै बस्न तयार रहेको बताएका थिए ।

अधिकांश नेता कार्यकर्ताको दबाब र कम्युनिष्ट आन्दोलन जोगाउने लक्ष्यसहित अहिले नेकपा र एमाले गठबन्धन नजिक पुगेको स्रोतको दावी छ । सुदूरपश्चिम, कोशीलगायतका प्रदेशमा बजेटको विषयलाई लिएर एमाले, कांग्रेसबीच तिक्तता आएसँगै अहिले भइरहेको गठबन्धनमा दरार आएको थियो ।

त्यसमाथि ओली प्रचण्डसँग सहकार्यको संवादमा रहेको सुइँको पाएपछि कांग्रेस नेतृत्व थप सशंकित बनेको हो । एमालेले सत्ता समिकरण अघि गरेको वाचालाई भुलेको कांग्रेसको भनाई छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्