sevenstartv.com १० साउन २०८३, आइतवार

बिपी राजमार्ग पुन सञ्चालनमा

३० असार २०८३, मङ्गलवार स्टार संवाददाता

रामेछाप । पूर्व जाने मूख्य सडक बिपी राजमार्ग विगत केहि बर्ष यता अस्त व्यस्त जस्तै छ । केहि समयमा पार हुने बाटो घण्टौ लगाएर यात्रा गर्दा यात्रुहरुले खेप्नु सास्ती खेपेका छन् । त्यस माथि रोशी खोलामा पानीको सतह बढेसँगै बाटो नै अवरुद्व हुँदा त्यसको प्रत्यक्ष असर यात्रुहरुलाई पर्न गएको छ ।

रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि बल्ल सञ्चालनमा आएको छ । प्रहरीले खोलामा पानीको बहाव बढेसँगै सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरेको थियो ।

पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कार्भेजनाएको छ । राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका (होल्ड गरिएका) सवारीसाधन गन्तव्यतर्फ लागेको जनाइएकको छ ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध समेत गरेको छ । क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण कार्य अहिले जारी अवस्थामा छ । हाल खोलामा डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको छ ।

वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा प्रहरी र सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ । विना जानकारी विना उक्त राजमार्गको यात्रा नगर्न प्रहरी लगाएत सम्बन्धित निकायले अनुरोध गर्दै आएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्