sevenstartv.com १० साउन २०८३, आइतवार

न्यायको भिख माग्दै गणेश नेपालीको परिवार

बाहिरका मान्छेसँग सम्पर्क गर्न समेत दिइएन

२८ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव तीन दिनदेखि अस्पतालमा थन्किएर बसेको छ । सरकार र पीडित परिवारबीच सहमति हुन नसक्दा गणेशको शव उठ्न नसकेको हो । नेपालीले बिहीबार त्रिपुरेश्स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

नेपालीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । अहिले बिहान प्रधानमन्त्री कार्यालयबाट केही प्रतिनिधिले नेपालीका आफन्तलाई भेट गरे ता पनि अझै कुनै सहमति नभएको पीडित परिवारको भनाइ छ । यता प्रशासनले भने फेरि छलफल गर्न लागिएको जानकारी गराएको छ ।

मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले आत्मदाहको प्रयास गरेको प्रत्यक्षदर्शी तथा सामाजिक संजालमा छताछुल्ल भएका भिडियाबाट स्पष्ट हुन्छ । विवादको भिडियो फुटेज समेत बाहिरिएका छन् ।

महानगर प्रहरीसँग ह्वील लक लगाएको विषयलाई लिएर लामै विवाद भएको देख्न सकिन्न्छ । आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका गणेशको भोलिपल्ट उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । उनका दाजु मदन नेपाली तथा मृतकका बुबा आमा समेत न्यायको भिख माग्दै सडकमा उत्रन बाध्य भएका छन् ।

शनिबार रातिदेखि आइतबार बिहान ७ बजेसम्म पनि छलफल भए पनि निषकर्षमा कुरो पुगेको छैन । मृतकका परिवारका कुनै सदस्यलाई कोही कसैसँग सम्पर्क समेत गर्न नदिई राखिएको परिवारले बताएको छ । उनीहरुलाई सीडीओ कार्यालय नजिकको खाली भवनमा राखिएको छ ।

जहाँ बाहिरका मान्छेसँग सम्पर्क समेत गर्न नदिइएको मृतकका दाजु मदनले बताएका छन् । आफुहरुलाई बबरमहल राखिएको र बाहिर जान समेत नदिइएको उनको भनाई छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्