sevenstartv.com १० साउन २०८३, आइतवार

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीमा सरकार

नेपाली सेनामार्फत परीक्षण उत्पादन शुरु

२१ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । लामो समयदेखि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आउने भएको छ । सरकारले बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनमा ल्याउनका लागि तिव्र रुपमा कामको थालनि गरेको छ ।

सरकारका अनुसार उद्योगको पुनः सञ्चालनका लागि हाल प्रारम्भिक चरणमा नेपाली सेनामार्फत परीक्षण उत्पादन भई रहेको छ । सरकारले २०८३ असार १८ गते बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटसमेत निकासा गरिसकेको जानकारी गराएको छ । सरकारले प्रारम्भिक चरणमा गरिएको परीक्षण उत्पादनपछि पूर्ण क्षमताका साथमा उद्योग सञ्चालन गर्ने तयारी गरी रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्