sevenstartv.com २७ जेठ २०८३, बुधवार

प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य, सदनमा आएर जवाफ दिनु पर्छ : विपक्षी दल

१८ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसको आवह्न गरेको विपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्रीले सदनमा दिएको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने माग गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकबाट बाहिँरिदै नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी माग्नुपर्ने बताएकी छन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले हामी सबैको शिर झुकेको छ। यो निन्दनीय कुरा नै छ। राष्ट्रको माटोलाई समातेर कसम खाएर प्रधानमन्त्रीज्यूले आफ्ना त्रुटिपूर्ण राष्ट्रघाती अभिव्यक्तिको क्षमायाचनासहित फिर्ता लिनुपर्छ। हामी त्यो कुरा संसद् मार्फत प्रस्तुत गर्छौँ। अब संसद्मा त्यसको रेस्पोन्स कसरी जान्छ।’

छलफलबाट बाहिरीने क्रममा रहेकी राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्ट पार्नुपर्ने बताएकी छिन् । प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको रहेछ भन्ने आफुले बल्ल थाहा पाएको भन्ने अभिव्यत्ति राखेको र त्यो अभिव्यक्ति एउटा सार्वभौम संसद्मा गएर प्रधानमन्त्रीले दिन नमिल्ने स्पष्ट पार्दै सो अभिव्यत्ति सच्याउन माग गरेकी छिन् ।

परराष्ट्र मन्त्रालयले त्यसलाई सच्याउँदै क्रस बोर्डर अकुपेन्सीको कुरा गरेको बताउँदै उनले क्रस बोर्डर अकुपेन्सी र प्रधानमन्त्रीले भनेको कुरा धेरै फरक कुरा रहेको बताएकी छिन् । प्रधानमन्त्रीले बोलेका स्टेटमेन्टलाई त्यति सामान्य रूपले लिन नमिल्ने भन्दै उनले भनिन् प्रधानमन्त्रीले यो कुरालाई फेरि पनि संसद्मा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्छ।’ उनले प्रमाणित हुने हिसाबमा नेपालले भारतको सीमा नमिचेको बताइन् । १० गजाका छेउछाउमा हुने क्रस बोर्डर अकुपेन्सी भनेका ती फरक कुरा हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्