sevenstartv.com २७ जेठ २०८३, बुधवार

निस्किए रास्वपा सभापति लामिछाने पाँच दिने भारत भ्रमणमा

के लाँदैछन् भारतलाई कोसेली

१८ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । आइतबार संसदमा प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यत्ति प्रति मौन रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् ।

लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। रास्वपाको बहुमत प्राप्त सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री बालेन शाहले सांसदमा दिएको अभिव्यत्ति पश्चात भारतीय सशस्त्र सीमा बल (एसएसबी) सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको छ ।

तर आफ्नै सरकारका जिम्मेवार व्यक्तिले सदनमा राखेको अभिव्यक्ति प्रति मौन रहदै भारत प्रस्थान गरेको लामिछाने त्यहि प्रधानमन्त्रीको सदनको भनाई कोसेली लिएर त जादै छैनन् भन्ने चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति माथि सत्ता पक्षका सांसदले प्रश्न उठाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका जिम्मेवार व्यक्तिहरु मौन हुनुलाई शाहको अभिव्यक्ति प्रति रास्वपाको मौन समर्थनको रुपमा लिन सकिन्छ ।

भारतलाई रिझाउन कै लागि प्रधानमन्त्रीले केटाकेटीको पारामा बोल्नु र सोही कुरालाई कोसेलीको रुपमा लिएर लामिछाने भारत प्रस्थान गर्नु संयोग मात्र नहुन सक्छ । लामिछाने पाँच दिने भ्रमणमा निस्किएको रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए ।

लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्