sevenstartv.com १६ असार २०८३, मङ्गलवार

मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिन्छ : माधवकुमार नेपाल

२१ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन् ।

हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना दिँदै उनले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्ने बताका हुन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै अध्यक्ष नेपालले यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने विभिन्न विभेद र महिला सशक्तीकरण लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

समतामूलक एवं प्रगतिशील समाज निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषण साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक न्याय तथा समानता कायम गर्न तिजले सबैलाई प्रेरणा प्रदान गर्ने विचार प्रकट गरे ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्